IME Life New

विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंंक, भुक्तानी प्रणली विभागको समन्वय तथा नेपाल राष्ट्र बैंंक, बीरगंज कार्यालयको आयोजनामा भदौ १० गते विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको सभापतित्व बीरगंज कार्यालयका निर्देशक राजन विक्रम थापाले गरेका थिए । कार्यक्रममा बीरगंजस्थित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरु, भुक्तानी सेवा प्रदायक संस्थाका स्थानीय प्रतिनिधीहरु, संचार सेवा प्रदायकका प्रतिनिधीहरु, को.ले.नि.का. तथा कर कार्यालयका प्रतिनिधीहरु, विभिन्न कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा भुक्तानी प्रणाली विभागका निर्देशक सुभाष चन्द्र घिमिरे र उप निर्देशक कृष्णप्रसाद शर्माले विद्युतीय भुक्तानी प्रणालीको नीतिगत व्यवस्था, महत्व, चुनौतिहरु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल राष्ट बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले स्वस्थ र सुरक्षित भुक्तानी प्रणालीको विकास प्रवद्र्धनतर्फ नेपाल राष्ट बैंक संवेदनशील रहेको र प्रविधिको प्रयोगबाट जनतालाई सर्वसुलभ वित्तीय सेवा प्रदान गर्न बैंकले नयाँ विभाग स्थापना गरी अघि बढेको बताए ।

विद्युतीय माध्यमबाट हुने कारोवारका प्रकृति र जोखिमका बारेमा विभिन्न सरोकारवालाहरुलाई एक चरणको ज्ञान प्रदान गरी सहभागीहरुमार्फत सेवाग्राहीसम्म सम्प्रेषण गर्न यो अन्तरक्रिया कार्यक्रम गरिएको पारे ।

नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक थापाले विद्युतीय माध्यमबाट वित्तीय कारोवार गर्दा सम्बन्धित सेवा प्रदायक तथा प्रयोगकर्ता दुवै चनाखो हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS