काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले बोर्डबाट १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकोे हो ।
हकप्रद निष्काशन बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । संस्थाले हालै वितरण गरेको ६ दशमलव ६६ प्रतिशत बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।
हकप्रद पछि कम्पनीको पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।