काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको भदौ ९ गते बसेको १८१ औं बैठकले आर्थिक वर्ष २०७५ /०७६ को मुनाफाबाट आफ्ना लाभांश घोषणा गरेको हो ।
लघुवित्तले शेयरधनीलाई चुक्ता पूँजी २१ करोडको २१.०९५२ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.११०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैकले गरेको निर्णय अनुसार चुक्ता पूँजी २१ करोडको २१.०९५२ प्रतिशतले हुन आउने ४ करोड ४३ लाखको बोनस र १.११०३ प्रतितशले हुन आउने २३ लाख ३१ हजार ५७९ रुपैयाँ गरि कूल ४ करोड ६६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।