IME Life New

निर्जिवन बीमा कम्पनीहरुको औषत मूल्य आम्दानी अनुपात २२ गुणा, कस्को कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली शेयर बजारमा हाल १५ वटा निर्जिवन बीमा कम्पनीहरुको शेयर कारोवार हुने गरेका छन् ।गत बर्षको चौथौ त्रैमाससम्ममा नेप्सेमा सूचीकृत सबै निर्जिवन बीमा कम्पनीहरुले वित्तिय विवरण प्रकाशित गरिसकेका छन् ।

प्रतिशेयर आम्दानीको आधारमा हेर्दा

Esewa
Crest

प्रति शेयर आम्दानीको आधारमा राष्ट्रिय बीमा कम्पनी रहेको अघि छ। राष्ट्रिय बीमा कम्पनीकोे प्रति शेयर आम्दानी २९३ रुपैया ०२ पैसा छ । सबै भन्दा थोरै प्रति शेयर आम्दानी एभरेष्ट इन्स्योरेन्सको रहेको छ। एभरेष्ट इन्स्योरेन्सको प्रति शेयर आम्दानी ५ रुपैया ८६ पैसा छ ।

मूल्य शेयर आम्दानीको आधारमा हेर्दा

मूल्य र आम्दानी अनुपातको आधारमा प्रभु इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबै भन्दा थोरै छ। प्रभु इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १२ दशमलव ९५ गुणा छ।
१५ निर्जिवन बीमा कम्पनीहरुमध्ये ३ वटा मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ भने १२ निर्जिवन बीमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा  भन्दा धेरै छ ।

एभरेष्ट इन्स्योरेन्सको मूल्य आम्दानी सबै भन्दा धेरै छ। कम्पनीकोे मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै ५२ दशमलव ९० गुणा छ।१५  निर्जीवन बीमा कम्पनीको औसत मूल्य आम्दानी अनुपात २२ दशमलव ०३ गुणा छ।  उक्त मूल्य आम्दानीका अनुसार निर्जिवन बीमा कम्पनीहरु ओभरभ्यालुड जोनमा छन् भन्न सकिन्छ ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा बोनस शेयर र हकप्रद को बुक क्लोज भए पश्चात कायम पुँजीको आधारमा गणना गरिएको छ। मूल्य आम्दानी अनुपात निकाल्दा भाद्र ०९ गतेको बजार मूल्यका आधारमा गणना गरिएको छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS