IME Life New

एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक तथा सधारण गरी ५ लाख २९ हजार सात सय ८० कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

कम्पनीले विक्रीमा ल्याएको यस हकप्रद शेयर नबिकेपछि लिलामीमा ल्याएको हो । कम्पनीको नबिकेको १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ कित्ता साधारण शेयर लिलामीमा राखेको हो। इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गतेसम्म हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

Esewa
Crest

लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आबेदन गर्न सकिनेछ। यस लिलामी शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कहाँबाट दिने आवेदन
लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ । त्यस्तै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर,, हेटौंडा, नारायगढ, पोखरा, बाग्लुङ्ग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालहरुबाट समेत बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS