IME Life New

आईएमई लाइफले दोश्रो वार्षिकोत्सवमा सार्वजनिक गर्यो नयाँ जीवन बीमालेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सब सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धामक उपस्थिति जनाएको बताए।

चालु आव २०७६।७७ मा थप शाखाबिस्तार गरी बीमित, अभिकर्ता एवम् सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराएका थिए ।

Esewa
Crest

सोही अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवम् उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने जानकारी गराए ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको जनाएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५र७६ मा ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS