GBIME
IME Life

एनएमबि माइक्रोफाइनान्सको १५० प्रतिशत हकप्रदले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५० प्रतिशत हकप्रदले रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको हो ।

कम्पनीले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

SKYWELL
Crest

लघुवित्तले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर विक्री पछि कायम हुने पुँजीबाट १५० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले हाल कायम १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS