IME Life New

एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना, यस्ता छन् सुविधाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजनाअन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै ग्राहकहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको हो ।

Esewa
Crest

उक्त विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवम् ९हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने विश्वास बैंकले लिएको छ । यो योजना भदौ १ देखि असोज ३० गतेसम्म लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS