IME Life New

दम्पती बीमालेखमा कानुनको धज्जी उडाइयो, अबैध दम्पतीलाई मान्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको अनुमतिमा नेपालका आधा दर्जन बीमा कम्पनीहरुले गराउँदै आएको दम्पती बीमा प्रचलित नेपालको कानुनसँग बाझिएको भेटिएको छ । जसबाट नेपालको मुलुकी देवयानी (संहिता) ऐन २०७४ ले अमान्यत भनेको विवाहलाई जीवन बीमा कम्पनीहरुले मान्यता दिएको खुलेको छ ।

नेपालको कानुन अनुसार दर्ता नै नहुने विवाहलाई समेत बीमा कम्पनीहरुले आफ्ना पोलिसीमा मान्यता दिएको फेला परेको हो । जीवन बीमा कम्पनीहरुले नेपालको कानुन नै उल्लंघन हुने गरी दम्पती बीमामा न्यूनतम उमेर १८ बर्ष तोकेका छन् ।

Esewa
Crest

कानुनले विवाहको लागि योग्य उमेर २० वर्ष माने पनि बीमा कम्पनीहरुले भने विवाहित भनेर १८ वा १९ वर्षमै दम्पती बीमालेख खरिद गर्न पाउने व्यवस्था गरेका छन् । यसबाट नेपालको कानुनको धज्जी उडेको अधिवक्ता स्वागत नेपालले इन्स्योरेन्स खवरलाई बताए । उनले भने ‘नेपाली युवाहरुको विवाह गर्ने न्यूनतम् उमेर २० वर्ष हो त्यो भन्दा तलको विवाहलाई कसैले मान्यता दिन्छ भने त्यो कानुनको उल्लंघन हो ।’

बीमा समितिले समेत कानुनले स्वीकार गर्नै नसक्ने प्रावधान राखेर बीमा पोलिसी बिक्री गर्न अनुमति दिएको फेला परेको छ । बीमा समितिबाट अनुमति लिएर छ वटा बीमा कम्पनीहरु– सानिमा लाईफ, एशियन लाईफ, लाईफ इन्स्योरेन्स कर्पोशन, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दम्पती बीमाको पोलिसी बिक्रि गर्दै आएका छन् ।

छ वटा कम्पनी मध्ये सानिमा लाईफले २१ वर्ष न्यूनतम उमेर तोकेको छ । सानिमा लाईफको बीमा पोलिसी मुलुकी देवयानी संहिता अनुसार भएपनि बाँकी पाँच वटा कम्पनीले न्यूनतम उमेर हद १८ वर्ष तोकेर संहिताको उल्लंघन गरेका छन् ।

दम्पती बीमा अन्तर्गत एशियन लाईफ इन्स्योरेन्समा दुई दम्पती बीमा योजना रहेको छ । कम्पनीले जारी गरेको दम्पतिसुरक्षा (संयुक्त सावधिक) र दम्पतीसुरक्षा प्लसमा न्यूनतम उमेर १८ बर्ष तोकिएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स , नेपाल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान, लाईफ इन्स्योरेन्स कर्पोशनले न्यूनतम उमेर हद १८ तोकेको कारण उनीहरुको बीमा पोलिसीको आधारभूत शर्त नै कानुन विरुद्धमा रहेको पाइएको छ ।

सल्लाहकार भोजराज शर्मा

कानुनले स्वीकार नगरेको विवाहलाई दम्पति बीमा पोलिसीले स्वीकार गरेको सम्बन्धमा बीमा समितिका सल्लाहकार भोजराज शर्माले कानुनले तोके अनुसार नै हुने प्रतिक्रिया दिए । इन्स्योरेन्स खवरलाई प्रतिक्रिया दिँदै समितिका सल्लाहकार शर्माले भने, ‘यो दम्पती बीमा भन्ने नै कहाँबाट आयो थाहा भएन, दम्पती बीमा भन्ने शब्द नै गलत तरिकाले प्रयोग भइरहेको छ । कानुनसँग बाझिएकाहरु खारेज हुनछन् ।’ शर्माले कानुनसँग बाझिएका कुराहरु संशोधन गरेर कानुन बमोजिम नै हुने बताए ।

 

मुलुकी देवयानी (संहिता) ऐनमा के छ ?

मुलुकी देवयानी संहिता ऐनमा २० वर्ष नपुगी भएको विवाह बदरभागी हुने उल्लेख छ । संहिताको दफा ७० को उपदफा घ मा विवाहको योग्य उमेर केटाकेटी दुवैको २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद हुने व्यवस्था गरिएको छ । संहिताको दफा ७३ को उपदफा (क) मा उमेर नपुगी भएको विवाह बदर हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS