सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ योजनामा आवदेन दिने म्याद थप भएको छ । क्यापीटलले साउन २३ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड विक्रिमा ल्याएको थियो । साउन २७ गते सम्म आवेदन दिने समय तोकेको थियो तर,लगानी कोषको इकाइहरु विक्रि हुन नसकेपछि कम्पनीले भदौ २ गते सम्मको लागि म्याद थप गरेको जनाएको छ ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बराबरको सामुहिक लगानी योजनाको १४ करोड इकाइ विक्रिमा ल्याएको हो । जसमध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकि रहेको ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । लगानीकर्ता अब भदौ २ गते सम्म आवदेन सक्नेछन् त्यस मितिसम्म पनि सबै इकाई विक्रि नभएमा भदौ २० गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।