IME Life New

जनता बैंकद्धारा अन्तराष्ट्रिय सम्मेलनलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंकले गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’ लाई दुई लाख सहयोग प्रदान गरेको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा भदौ ७ देखि ९ सम्म आयोजना गर्न लागेको सम्मेलनलाई बैंकले आर्थिक सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरका हुन् ।

Esewa
Crest

‘बिद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो विकासमा शिक्षा जस्ता विषयहरु समेटिने बताइएको छ ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनता बैंकले विगत बर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंकले १ सय ४२ शाखा, १ सय १० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा र ३ एक्स्टेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS