IME Life New

मासिक लाखौँ आम्दानी हुने अभिकर्ता पेशाप्रति आर्कषण बढ्दो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्रोत र साधनले भरिपूर्ण भएको देश भएता पनि उक्त स्रोत, साधनलाई सहि रुपमा परिचालन गर्न नसक्दा बेरोजगारी दिन प्रति बढ्दै गएको छ । नेपाली श्रम बजारमा वर्षेनी काम गर्न सक्ने पाँच लाख जनशक्ति भित्रिन्छन् । तर केहीलाई मात्रै रोजगारीको दायरामा समेट्न सक्ने क्षमता नेपाली श्रम बजारमा रहेको छ । जसका कारण हजारौँ युवाहरु रोजगारीको लागि विदेशिन लाइनमा लाग्न बाध्य छन् ।

नेपालमा ३० अर्बभन्दा बढि लगानी रहेको बीमा क्षेत्र बेरोजगार युवाहरुलाई रोजगारी दिने बैकल्पिक माध्यम बनेको छ । रोजगारहरुको लागि अतिरिक्त आय र बेरोजगारहरुका लागि जीवन गुजारा गर्ने माध्यम बन्दै गएको बीमा अभिकर्ताहरुप्रति आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । त्यसैको उदाहरण हो, शनिबार नेपाल लाईफले भक्तपुरमा आयोजना गरेको आधारभूत बीमा अभिकर्ता तालिममा सहभागिता हुनका लागि दुई सय भन्दा बढि युवाहरुको लाइन ।

Esewa
Crest

नयाँ कम्पनीहरु खुलेपछि बीमाको बारेमा प्रचार प्रसार व्यापक बनेको छ भने बीमा अभिकर्ता पेशा प्रति यूवाहरुको आकर्षण बढेको देखिएको छ । बीमा अभिकर्ता बनेर छोटो समयमै राम्रो कमाई गर्न सकिने, पार्ट टाइमको रुपमा पनि काम गरेर मनग्गे आम्दानी गर्न सकिने भएकाले यो पेशा प्रति यूवा पुस्तामा आकर्षण बढेको बताउँछिन्, नेपाल लाईफकी एजेन्सी म्यानेजर सुजिता कार्की ।

बीमा अभिकर्ता हुनको लागि धेरै शैक्षिक योग्यता पनि नचाहिने भएकाले पनि मध्यम स्तरका युवाहरुको आकर्षणको केन्द्र बन्दैछ बीमा अभिकर्ता पेशा । एस.एल.सी पास अनि कमाई चाँही मासिक १० लाखसम्म हुने यस पेशामा सरकारी जागिर, शिक्षकको पेशा, सहकारीको जागिर, एकाउटेन्टको जागिर छोडर प्रवेश गर्ने धेरै मान्छेहरु बीमा बजारमा भेटिन थालेका छन् ।

आकर्षण पनि किन नबढोस्, यस पेशामा न त नातवाद नै लाग्छ न त कृपावाद । न त कसैको सिफासि नै । कम्पनीले सञ्चालन गरेको आधारभुत बीमा अभिकर्ताको तालिम लिएपछि बीमा समितिको स्वीकृत पश्चात लाइसेन्स हात पर्छ, हुन्छ स्वतन्त्र बजारमा प्रवेश । आफुले चाँहेको जुनसुकै समयमा काम गर्न सकिन्छ । यस पेशालाई स्वतन्त्र पेशाको रुपमा हेरिन्छ । आफ्नो क्षमता र लगनशिलताका साथ लागि पर्ने जो कोही पनि यस पेशामा आवद्ध हुन सक्नेछन् ।

वभिन्न पेशा वा व्यवसाय छोडेर बीमा अभिकर्ता पेशामा आवद्ध हुन पुगेका केही व्यक्तिहरुको जीवनशैली नै परिवर्तन भएको पनि देख्न सकिन्छ । नाम, दाम कमाउन सफल भएको स्वयम व्यक्तिहरु नै बताउँछन् ।

नेपाली बीमा बजारमा सञ्चालित जीवन बीमा कम्पनीहरुले आआफ्नो समायानुकुल पारेर अभिकर्ताको तालिम सञ्चालन गर्ने गर्दछन् । अभिकर्ता बन्न तोकिएको शैक्षिक योग्यता र कानुनीरुपमा योग्य जो कोही पनि कम्पनीले सञ्चालन गर्ने त्यस्तो तालिममा सहभागी हुन पाउने प्रावधान रहेको छ । कम्पनीले सञ्चालन गर्ने यस्तो खालको तालिम निशुल्क तथा शःशुल्क पनि हुन्छन् ।

कलकीं बस्दै आएकी निशा भण्डारीले आफ्नो करियर विकासका लागि सपनाको शहर काठमाडौँ प्रवेश गरेपछि बीमा अभिकर्ताले पेशाले उनको जीवनमा नयाँ मोड ल्याईदिएको स्वीकार गर्दछिन् । उनी अहिले स्नातक तहमा तेस्रो बर्षमा अध्यनरत छिन् । पढाईको साथसाथै उनी नाम चलेको एक प्रतिष्ठि कम्पनीमा एकाउटेन्टका रुपमा कार्यारत छिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुर शाखा कार्यालयले सञ्चालन गरेको एक दिने आधारभुत बीमा अभिकर्ता कार्याक्रममा उनीलाई भेटियो । अभिकर्ता पेशामा आवद्ध भएर छोटो समयमै राम्रो कमाई गर्न सक्ने भएकाले आफु कम्पनीले सञ्चालन गरेको तालिममा सहभागी हुन आएको निशाले बताईन् ।

सितापाईला निवासि विपना श्रेष्ठ शहकारी चलाएर बसेकी महिला हुन् । मासिक लाखौँ आम्दनानी गर्न सकिने पेशा देखेर तालिममा सहभागी हुन आएको बताईन् । दैनिक अफिस जान नपर्ने, समय सिमाले नबाध्ने देखेर यो पेशामा आकर्षक भएको उनले बताईन ।

यस्तै, भक्तपुरका शैलेश महर्जन पनि सोही तालिममा भेटिए । एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका महर्जनले बीमा अभिकर्ता पेशामा जोडिएर काम गर्ने मनसाय बोकेर तालिममा सहभागी हुन आएको बताए ।

बढ्दो आकर्षणसँगै बढेको प्रतिस्पर्धाका कारण पेशागत मर्यादा कायम राख्न पनि बीमा अभिकर्ताहरुले आफू सधैं सचेत राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS