काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेट र युके एड सक्षम एक्सेस टु फाइनाबीच सम्झौता भएको छ । लघुवित्तले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको हो ।
लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको संस्थाले जनाएको छ ।
सम्झौता पत्रमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले “डिजिटल च्यानलको प्रयोगले ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।