नेपाल इन्स्योरेन्सको ७ दशलव ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले भदौ ८ गते साधारण सभा बोलाएको छ र जसका लागि कम्पनीले भोली साउन २४ गते बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस शेयर सुरक्षित गर्न सक्नेछन् ।
तर, कम्पनीले बोनस सेयर प्रयोजनमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने जनाएको छ । सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरीनेछ । आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु छन् ।