IME Life New

धानको सुरक्षा गर्न चाहनुहुन्छ ? खरिद गर्नुहोस् धानबाली बीमालेख ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल एक कृषि प्रधान मुलुक हो । यहाँको कुल जनसंख्याको लगभग एक तिहाई जनसंख्या कृषि पेशामा आवद्ध रहेका छन् । अधिकांश रुपमा नेपालको कृषि निर्वाहमुखि पेशाको रुपमा रहेको छ । नेपाल एक पहाडि मुलुक भएकाले सिंचाईको सुविधा सवै ठाँउमा पुग्न सकेको छैन् । फलस्वरुप नेपालको कृषि व्यवशाय अकाशे पानीको भरमा परेको देखिन्छ । यस्तो परिस्थितिमा लगाईएको बालिनालि कहिले सुख्खा त कहिले अत्यधिक वर्षाका कारणले क्षति हुने गरेको तितो यर्थाथ पनि नेपालको कृषि प्रणालिमा देख्न सकिन्छ । यसका साथसाथै वालिमा लाग्ने अनेकौँ किसिमका विभिन्न रोगहरु, वन्यजन्तुहरुबाट हुने चरिचरन जस्ता अन्य विविध कारणहरुmले गर्दा बल्लबल्ल लगाएको बालिनालिमा नराम्रो असर पर्न पुग्दछ । यस्ता क्षति वा हानि नोक्सानीबाट निर्वाहमुखि खेति प्रणाली अपनाउने किसानहरु बढि प्रभावित पर्दछन् । निवार्हमुखी कृषि पेशालाई क्रमश व्यवसायिक कृषि तर्फ उन्मुख गराउँदै लैजाने, कृषकको जोखिमको भार बीमालाई हस्तान्तरण गरि कृषकको आर्थिक उन्नति गरि निर्वाहमुखि कृषि पेशालाई व्यवसायिक तर्फ उन्मुख गराउने उद्देश्यले कृषि बीमाको शुरुवात गर्न बीमा समितिबाट बिस २०६९ मा बालि तथा पशुपन्छी बीमा निर्देशन २०६९ जारी गरियो । जस अनुरुप ६ वटा कृषि बीमा सम्बन्धि बीमालेख तयार गरिएको थियो ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
धानबालीको बीमा अवधि भित्र हानी नोक्सानि भएमा लागत मुल्य अनुसारको क्षतिप्रर्ति रकम भुक्तानी गरिन्छ । क्षति हुँदा बीमकले क्षतिको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्छ । बीमालेखले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानी नोक्सानीको रक्षावरण गर्छ ।

Esewa
Crest

क्षतिपुर्ति नदिने अवस्थाहरु
धान बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, धानबाली धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट बाली क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा धानबाली नष्ट गर्नु पर्ने भएमा, धानबाली चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । यद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको धानबालीको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

बीमाशुल्क
धानीबाली बीमालेखको बीमाशुल्क बीमांक रकमको पाँच प्रतिशतका दरले प्रति बर्ष भुक्तान गर्नुपर्छ । उक्त बीमाशुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ भने सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र प्रतिशत छुट दिईन्छ ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको हानि भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्जमिन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ ।

प्रस्तुती : बिजया बाँस्कोटा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS