IME Life New

सूचना विभागद्वारा पत्रकारको दुर्घटना बीमाका लागि बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सञ्चाल क्षेत्रलाई व्यवस्थित गर्दै आएको सूचना विभागले पत्रकारहरुको दुर्घटना बीमा गर्न बीमा कम्पनीहरुलाई बोलपत्र आह्वान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले बुधबार बोलपत्र आह्वान गरेको हो । विभागले देशैभरिका पत्रकारहरुको दुर्घटना बीमा गर्नुपर्ने भएकोले बीमा कम्पनीहरुलाई बोलपत्रमा सहभागी हुन भनेको छ ।

Esewa
Crest

सूचना विभागद्वारा जारी सुचनामा भनिएको छ, ‘नेपाल सरकारबाट मिति २०७०।०६।०६ मा स्वीकृत पत्रकार दुर्घटना बीमा निर्देशिका, २०७० बमोजिम चालु आ.व. २०७६/०७७ मा पत्रकारको लागि दुर्घटना बीमा गर्ने प्रयोजनका लागि इच्छुक बीमा कम्पनीहरुबाट निम्न शर्तहरुको अधीनमा रही रितपूर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।’

सूचना विभागले एक हजार पाँच सय पत्रकारलाई आधारमानी दुर्घटना बीमा सम्बन्धी दररेटसहितको प्रस्ताव पेश गर्न भनेको छ । बोलपत्रमा सहभागी हुन इच्छुक बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र आवेदन दिन सक्नेछन् । बोलपत्र खरिद गर्नको लागि एक हजार रुपैयाँ तिर्नुपर्दछ भने सहभागी हुँदा बोलकबोल गरेको रकमको साढे दुई प्रतिशत धरौटी वा बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS