IME Life New

एनएमबि ५० को आजबाट १२ करोड रुपैयाँको ईकाई विक्री खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित एनएमबि ५० ले साउन १३ गतेदेखि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाई निष्काशनमा ल्याएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत बिक्री खुल्ला भएको “एनएमबि ५०” ले शेयर बजारका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी इकाईधनीलाई दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने जनाएको छ ।

Crest

प्रति ईकाई १० रुपैयाँका अंकित दरका १२ करोड ईकाईमध्ये बिज पुँजी वापत १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक र १५ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आवेदन गर्न सक्नेछन् । इकाईको बिक्री छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र निकाष्शन बन्द हुनेछ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा तिनको शाखा कार्यालय र मेरो शेयरबाट इकाईमा आवेदन दिन सक्नेछन्।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ का इकाईधनीहरुलाई चार आर्थिक वर्षदेखि लाभांश वितरण गर्दै आइरहेको छ। आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS