IME Life New

ओम डेभलपमेन्टसँग मर्ज हुने प्रमुख एजेण्डा राखेर एनएमबि बैंकले बोलायो विषेश साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकको विषेश साधारण सभा साउन २८ गते हुने भएको छ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव अनुमोदन गर्न साउन २८ मा विशेष साधारण सभा गर्ने भएको हो । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।
मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुरुप दुवै बैंकले सभा डाकेका हुन् । ओमले साउन २७ मा विशेष साधारण सभा बोलाइसकेको छ ।

Esewa
Crest

सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS