८ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३२ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा बैंकले ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुननामा बैंकले निक्षेप संकलनमा १५ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहकमा २० प्रतिशतले बृद्धि गरेको हो ।
आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको जगेडा कोषमा २ अर्ब २५ करोड सञ्चिती गरेको बैंकले यस अवधिमा १ अर्ब ६४ करोड रुपैयाँ सञ्चिती मुनाफा शिर्षकमा रकम राखेको छ।
पुँजीमा वृद्धि नदेखिएको र खुद नाफामा ३२ प्रतिशतको वृद्धि गरेकोले बैंकको प्रति शेयर आम्दनाी ३२ प्रतिशतले वृद्धि हँदै २८ रुपैयाँ ४ पैसा रहेको छ । खराब कर्जा भने ० दशमलव ०८ प्रतिशत रहेको छ । बेस रेट ९ दशमलव ९ दशमलव ४५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७५/ ७६ को चोथो त्रैमाससम्ममा बैंकको सीसीडीको अनुपात ७७ दशमलव ९१ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात १२ दशमलव ६३ गुणा रहेको छ ।