स्पर्श लघुवित्तले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा १५,३५८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीले चौथो त्रैमास सम्म १ करोड ५६ लाख १३ हजार खुद नाफा गरेको छ।
कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैया ८२ पैसा रहेको छ। आर्थिक वर्ष ७४/७५ मा कम्पनीको प्रति शेयर आम्दानी ० दशमलव १८ पैसा थियो।
कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २४४ प्रतिशतले वृद्धि हुँदै ४ करोड ४१ लाख पुगेको छ।
जगेडा कोष ७१६० प्रतिशतको वृद्धि भएर १ करोड ५८ लाख पुगेको छ।
निक्षेप संकलन १९० प्रतिशतले वृद्धि हुँदै १६ करोड ६७ लाख पुगेको छ। सापटी रकम १११ प्रतिशतले वृद्धि हुँदै ६८ करोड ५८ लाख पुगेको छ भने कर्जा प्रवाह १३८ प्रतिशतले वृद्धि हुँदै ९० करोड ३८ पुगेको छ।
कम्पनीको किताबी मूल्य ११९ रुपैया छ भने खराब कर्जा ० दशमलव ४९ प्रतिशत छ।