IME Life New

प्राधिकरणमा बीमा समितिकै सञ्चालकलाई निरन्तरता दिने संशोधन प्रस्ताव दर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा प्राधिकरणमा बीमा समिति कै सञ्चालक समितिलाई निरन्तरता दिनुपर्ने भन्दै बीमा विद्येयक संशोधनका लागी संसदमा प्रस्ताव दर्ता भएको छ । सांसद राजेन्द्र कुमार केसी र भरत कुमार शाहले प्राधिकरण गठन भएपछि सञ्चालक पुर्न गठन हुुनुपर्ने दफालाई संशोधन गर्ने प्रस्ताव दर्ता गराएका हुन् ।

संसदमा प्रस्तुत भएको बीमा विद्येयकको दफा १७२ मा यो ऐन प्रारम्भ भएपछि बीमा समितिको कर्मचारी स्वत प्राधिकरणको कर्मचारी हुनेछन् ।

Esewa
Crest

तर प्राधिकरण गठन संचालक समिति पुन नियुक्ती गरिने व्यवस्था गरिएको छ । तर, उक्त दफालाई शंसोधन गरी यो ऐन प्रारम्भ भएपछि बीमा समितिको संचालक स्वत; प्राधिरकणको संचालक समिति हुनेछ र बीमा समितिमा कार्यरत कर्मचारी स्वत प्राधिकरणको कर्मचारी हुनेछ भन्ने व्यवस्था गर्न सांसद राजेन्द्र कुमार केसीले प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै, अर्को सांसद भरत कुमार शाहले भने यो ऐन प्रारम्भ भएपछि बीमा समितिको संचालक समिति बाँकी कार्यकाल सम्मका लागि र बीमा समितिमा कार्यरत कर्मचारी स्वत ः प्राधिकरणका कर्मचारी हुनेछन् भन्ने व्यवस्था गर्न संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै सांसद शाहले विद्येयकको दफा १६९ मा समितिले नियमावली आफै बनाउँन सक्ने तर, नियमावली बनाउँदा अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने भन्ने प्रतिबन्धात्मक हटाएर कर्मचारी सेवा सर्त नियमावली बनाउँदा लोकसेवा आयोगको सहमती लिनुपर्नेछ भन्ने व्यवस्था राख्ने प्रस्ताव दर्ता गराएका छन् । अर्थमन्त्रील डा.युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा १३ जना सांसदले ८५ वटा संशोधनको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS