GBIME
IME Life

रावा बैंक कर्मचारी संघले रक्तदान, वृद्धवृद्धालाई सहयोग र खेल आयोजना गरी मनायो वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले रक्तदान, वृद्धवृद्धालाई सहयोग एवम् खेल आयोजना गरेको छ । उक्त सघले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीलाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ८३ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।

SKYWELL
Crest

यसै अवसरमा निसहाय सेवा सदन, बानेश्वरमा बृद्धबृद्धालाई भोजन खुवाइएको थियो भने रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा वृक्षारोपण पनि गरिएको थियो । त्यस्तै, बैंक कर्मचारीहरु बीच म्युजिकल चेयर खेल प्रतियोगिता समेत संचालन गरिएको थियो ।

जोरपाटीस्थित बुद्धिष्ट बालगृहलाई रु १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिनुका साथै २०७५ सालको माध्यामिक शिक्षा परीक्षामा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ५ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार पनि प्रदान गरिएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर कर्मचारी संघमा आवद्ध निवृत ४८ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक पनि प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकालले कर्मचारीहरुको भावनालाई सङकुचित नहुने गरी कानून बनाइने र सरकारले ट्रेड यूनियनको माथि कुनै किसिमको प्रतिबन्ध नलगाउने बताए ।

कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदीले संस्थाको सम्बद्र्धन र पेसागत हकहित नै कर्मचारी संघको मूख्य उद्देश्य रहेको बताए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS