एनसीसी बैंकले भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई आर्थिक सहयोग गरेको छ । बैंकले सो संस्थालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सो रकम एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेका थिए ।
बैंकले बाल सुधार गृहलाई व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराईएको बैंकले जनाएको छ ।