Connect IPS
IME Life

कामना सेवाको एकैसाथ २ नयाँ शाखा विस्तार, शाखा संख्या ९६ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

कामना सेवा विकास बैंक लिमिटेडले एकैसाथ २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा गरी एकैसाथ २ वटा शाखा विस्तार गरी संचालनमा ल्याएको हो ।

बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चाल कचतुराखर अधिकारीले संयुक्त रुपमा गरे । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

त्यसैगरी गैंडाकोट बेल्डिहा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले ९६ वटा शाखा कार्यालय तथा ४५ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS