प्रोग्रेशिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार महर्जन निर्वाचित भएका छन् । कम्पनीले भर्खरै असार २९ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट उनलाई अध्यक्ष पदमा चयन गरेको हो । नवनिर्वाचित महर्जनले सपथ ग्रहण गरेका छन् ।
उनले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रसमक्ष विधिवत रुपमा सपथ ग्रहण गरेका हुन् ।
गत असार २९ गते आइतबार सम्पन्न बार्षिक साधारण सभाबाट निर्वा्चित ६ जना संचालकहरु मध्येबाट महर्जनलाई अध्यक्ष चयन गरिएको थियो ।
अध्यक्षको शपथ ग्रहण गरेलगत्तै उनले नवनिर्वाचित अन्य संचालकहरुलाई पनि विधिवत रुपमा सपथ ग्रहण गराएका छन् ।