कामना सेवाविकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रा. लिबीच सम्झौता भएको छ । बैंक र माटर्सबीच व्यापार सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रा. लिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि आइएमइ मोटर्स प्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याडका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।
हालसम्म बैंकले ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।