IME Life New

एनएलजी इन्स्योरेन्सले आ.व २०७४/७५ मा लाभांश नदिने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनीले २०७४/७५ को लागि लाभाशं घोषणा नगर्ने भएको छ । बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार पारिएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अन्तर्गतको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएकाले कम्पनीले २०७४ /७५ मा लाभांश घोषणा नगर्ने भएको हो ।

कम्पनीले २०७४ /७५ को बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार पारिएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अन्तर्गतको वित्तीय विवरण तयार गरी उक्त विवरण पारितका लागि बीमा समितिको स्वीकृतितार्थको लागि समितिमा पेश गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

कम्पनीको असार ३१ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीले २०७४/७५ को बीमा समितिबाट जारी निर्जीवन बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तयार पारिएको उक्त वित्तीय विवरण समितिमा पेश गर्ने निर्णय गरेको हो ।

बीमा समितिको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिमको वित्तीय विवरण अनुसार कम्पनीले २०७४/७५ मा २४ करोड ७८ लाख २२ हजार ५ सय २ रुपैयाँ खुद नाफा कमाएको देखिएको छ भने नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डका अनुसार २४ करोड ७६ लाख ७ हजार ९ सय ९४ रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण देखिएता पनि कम्पनीले बोनश शेयर तथा नगद लाभांश प्रस्ताव नगर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS