IME Life New

साना किसान विकास लघुवित्तलाई ग्रामीण स्वाबलम्बन कोषको १ अर्ब १० करोड रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंक अन्तर्गत सञ्चालित ग्रामीण स्वाबलम्बन कोषको एक अर्ब १० करोड रुपैयाँ साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरिएको छ । अर्थमन्त्री युवराज खतिवडा, राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको उपस्थितिमा उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको हो ।

राष्ट्र बैंकअन्तर्गत सञ्चालित ग्रामीण स्वाबलम्बन कोषका कार्यक्रमहरु साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत सञ्चालन गर्ने सकारको निर्णयअनुसार उक्त रकम हस्तान्तरण गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस सम्झौताबाट ग्रामीण क्षेत्रका विपन्न वर्गलक्षित कर्जा प्रवाह गर्ने संयन्त्र विकास भएको र बैंकलगायत अन्य वित्तीय संस्था शहर केन्द्रीत भएकोमा त्यसको विकल्पको रुपमा यो संस्था रहने बताए ।

चालु आर्थिक बर्ष २०७५–७६ को बजेट वक्तव्यमा रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका ललागि क्रियाशील रहेका सबै कोषलाई एकीकृत गर्न आवश्यक प्रवन्ध गरिने एवं साना किसान विकास बैंकको कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन यसको संस्थागत सुधार गरिने नीतिगत व्यवस्था कार्यान्वयनका सन्दर्भमा कोषका कार्यक्रमहरु संस्थालाई हस्तान्तरण गरिएको हो ।

त्यसका लागि ग्रामीण स्वाबलम्बन कर्जा कार्य्विधि, २०७५ पनि स्वीकृत भई कोष हस्तान्तरण गर्ने सम्वन्धमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र संस्थाबीच त्रिपक्षीय समझदारी भएको हो । साउन १ गतेबाट कोषका कार्यक्रमहरु संस्थामार्फत सञ्चालन हुनेछ । कोषको लगानीमा रहेको कर्जा ३५ करोडसहित सम्पत्ति एक अर्ब १० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS