IME Life New

मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

बैंकले कुल ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

Esewa
Crest

कम्पनीको बिक्री प्रबन्धक भिबोर क्यापिटलले रहेको छ । बैंकको गत मंसिर २९ गते पोखरामा सम्पन्न १२ औं वार्षिक साधारण सभाले हकप्रद बिक्रीको प्रस्ताव पारित गरेको थियो। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २० लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS