IME Life New

मुक्तिनाथ विकासका कार्डवाहक ग्राहकलाई चिरायु अस्पतालमा १५% सम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सी र अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता पछि मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

हालसम्म बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंग सुविधाका साथै भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS