IME Life New

निर्धन उत्थान लघुवित्तद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित वितीय संस्था लिमिटेडको शाखा कार्यालय धरानको पाँचकन्याले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । धरान ६ स्थित सुन्दर समाजमा रहेको सुन्दर समाज महिला स्वावलम्बी समुहकी सदस्य मिना पूर्वछाने मगरलाई श्रीमानको मृत्यु बापतको रकम १४ हजार रुपैयाँ प्रदान गरेको हो ।

धरान ६ पानवारीका वडा सदस्य हरि राईले श्रीमान दिनेश कुमार पूर्वछाने मगरको निधन भएपछि मृतककी श्रीमती मिनालाई क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

वडा सदस्य राईले लघुवित्त सस्थाले सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको आधारमा आफ्ना सदस्यहरुको साथै सदस्यका श्रीमानको पनि जिवन बिमा गर्दा सदस्यको जोखीम बहन हुने र सानै रकम भए पनि पिडित पक्षलाई केहि राहत हुने भएकोले यस्तो काय गर्नु प्रशंसनीय भएको बताए ।

सँस्थाका शाखा कार्यालय पाँचकन्याका निमित्त शाखा प्रमुख अमर शाहीका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको जानकारी दिए ।

लघुवित्त संस्थाले स्थानीय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS