मोरङमा केन्द्रिय कार्यालय रहेको जीवन विकास लघुवित्तले विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीले आगामी साउन १० गते विशेष साधारणसभा आह्वान गरेको हो ।
सभामा कम्पनीले पुँजी वृद्धि गर्ने , हकप्रद जारी गर्ने लगायतका प्रस्ताव लैजाने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ः१।५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
त्यस्तै सभामा कम्पनीले अधिकृत पुँजी ५० करोडबाट १ अर्ब पुर्याउने, जारी पुँजी २० करोड बाट ५० करोड पुर्याउने र चुक्ता पुँजी १४ करोडबाट ५० करोड पुर्याउने प्रस्ताव सभामा प्रस्ताव पेश गर्ने छ ।
सभामा कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० बाट परिवर्तन गरी ६७।५ः३२।५ कायम गर्न प्रस्ताव पनि पेश गर्ने भएको छ ।
त्यस्तै लघुवित्तले मर्जर र एक्विजीसनको बाटो पनि खुला राख्दै त्यसको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने छ ।