हिमालयन बैंकले साउन २ गते देखि ऋणपत्र विक्री खुल्ला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको हो । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिनेछ । यस्तै, सामूहिक लगानी कोषलाई ५५ छुट्याइनेछ । यसआधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् भने बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ ।
उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । ऋणपत्र ािष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको होे । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।