ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई र जनता बैंक आपसमा मर्जमा गएकाले यी दुवै बैंकको आज आइतबारदेखि शेयर कारोबार रोक्का हुनेछ । यी कम्पनीको एकीकृत कारोबार भएपछि मात्र ग्लोबल आइएमई बैंकका नामबाट शेयर कारोबार खुल्ने नेप्सेले जनाएको छ ।
त्यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्न शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सोही कारण आज आइतबारदेखि कैलाश विकास बैंकको पनि शेयर कारोबार रोक्का हुने भएको हो । कैलाश विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपछि प्राइम बैंकको नामबाट शेयर कारोबार गर्नेछन् ।