इमर्जिङ नेपालले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । इमर्जिङ नेपालले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।
कम्पनीले वित्तीय क्षेत्र, शिक्षा, कृषि, इनर्जी लगायतका क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको छ ।