सनराइज बैंकले रुपन्देहीको मणिग्राममा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य ईं शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा गरे ।
हालसम्म बैंकले १ सय ११ वटा शाखा कार्यलय, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २५ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।