IME Life New

आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफद्धारा बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आमा बुवा गुमाएकी प्रियंकालाई बीमा रकम हस्तान्तरण गरेको छ ।

झापाको शिवसताक्षी नगरपालिका स्थायी ठेगाना भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ लाख ५ हजार रुपैयाँको जीवन बीमा गरेकी प्रियंकाकी आमा ३५ वर्षीया टिकादेवी रायमाझीको मृगौला रोगबाट मृत्यु भएपछि उनको हकवालाको रुपमा रहेकी उनकी एकमात्र छोरी प्रियंकालाई कम्पनीले बीमा रकम दिएको हो ।

कम्पनीले प्रियंका नेपाललाई १ लाख ४१ हजार १५ रुपैयाँको चेक प्रदान गरेको हो । आइतवार एक कार्यक्रमकाबीच सुनसरी क्षेत्र नंवर २ का प्रदेश सभा सदस्य सर्वध्वज साँवाले सो चन प्रदान गरेको हुन् ।

चेक हस्तान्तरण गर्दै सांसद साँवाले थोरै थोरै रकम बचत गरेर बीमा गर्न सके आफ्नो जीवन रहँदा आँफैले र जीवन पश्चात आफन्तले पनि राहत पाउने भएकाले यो आर्थिक सुरक्षाको राम्रो माध्यम रहेको बताए ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमीरे, सेतो बंगला स्कूलकी प्रिन्सिपल कविता लम्साल कम्पनीका सिनियर अभिकर्ताहरु जेपी काप्ले, लिलाराम पोख्रेल, राधा आचार्य, दिपक दाहाल तथा पत्रकारहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS