IME Life New

कृषि विकास बैंकले गर्यो कोटेश्वरको मदनबाटीका पार्कलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंकले कोटेश्वरको महादेवस्थानस्थित मदनबाटीका पार्कलाई १ सय ५० थान डस्टबीन हस्तान्तरण गरेको छ । बैंकको क्षेत्रीय कार्यालय काठमाडौँले सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र बैंकका सीईओ अनिल कुमार उपाध्यायले संयुक्त रुपमा पार्कको उपभोक्ता समितिलाई उक्त डस्टबीन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका सीईओ उपाध्यायले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।

Esewa
Crest

साथै, नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पुँजी भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धिका लागि विभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको उनले उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै, पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेलले स् आफ्नो नगर÷टोल लाई सुरक्षीत बनाउने दायित्व त्यहाँ बस्ने नागरीकको पनि भएकोले आफ्नो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS