IME Life New

अभिकर्ता पेशाले फेरिदियो मेरो परिचय : प्रभा ज्ञवाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभा ज्ञवाली, सिनियर एजेन्सि म्यानेजर, लाइफ इन्स्योरेन्स कर्पोरेशन

अभिकर्ता पेशाले फेरियो परिचय
२००५ डिसेम्वर देखि अभिकर्ता पेशामा जोडिन पुगेकि प्रभा ज्ञवाली हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल मा सिनियर एजेन्सि म्यानेजरका रुपमा काम गर्दै आईरहेकि छिन् । लामो समयदेखि अभिकर्ता पेशामा जोडिन पुगेकि प्रभाको नाम आज लुम्बिनि अञ्चल भरि इन्स्योरेन्स क्षेत्रमा प्रख्यात छ ।

बीमा क्षेत्रमै आएर आफ्नो परिचय फेरिएको प्रभा बताँउछिन् । बीमा क्षेत्रमै आएर एक किसिमको नाम, दाम र पहिचान बनाउन सफल भएकि प्रभा भन्छिन्, स्टेशनरि पेशा भनेको टेवलमा बसेर मात्र गरिने पेशा भएकाले त्यो पेशा र यो पेशामा धेरै अन्तर पाए स्टेशनरि व्यवसायमै रहेको भए म जहाँको त्यहि रहन्थे होला ।

Esewa
Crest

उनी अभिकर्ता पेशालाई सामाजिक पुण्यको पेशाका रुपमा हेर्छिन् ।

एक दिन प्रभाको एजेन्सि म्यानेजरसँग भेट भयो । त्यहि पनि बैवाहिक कार्यक्रममा । उनै व्यक्तिले प्रभालाई बीमा अभिकर्ताको प्रपोज गरेका थिए । उहाँबाट बीमा बारे केही जाने, अभिकर्ता बन्न तयार भए र तालिम पनि लिए । प्रभाले बताईन । यहि बाट प्रभाको बीमा अभिकर्ता पेशाको यात्रा शुभारम्भ भएको थियो ।

यस पेशामा आवद्ध भए पछि पब्लिक रिलेशन बढ्यो, सामान्य ज्याला मजदुरी गर्ने देखि लिएर पहुँचवाल सम्मका मान्छेहरुसँग चिनजान भयो, आफुले चाहेका मान्छेहरुलाई सहजै भेट्न पाए र सबै तह र तप्काका मान्छेहरुसँग जोडिन पाए । प्रभाले बताईन् ।

यस पेशामा आवद्ध नभएको भए सायद म कुवाँको भ्यागुतो झै हुन्थे होला तर अभिकर्ता पेशाले मलाई समाजमा चिनायो, पँहिचान बनाईदियो विगत सम्झदै प्रभाले भनिन् ।

बीमा अभिकर्ता पेशामा आउनु अघि ज्ञवालि पुस्तक व्यवसाय सम्हाल्दै आएकि थिईन् । यस पेशामा लागेर सन्तुष्ट रहेकि प्रभा भन्छिन्, “स्टेशनरि पेशा टेवल ओर्क हो । टेवल ओर्कमा बस्ने वित्तिकै जो मान्छे मलाई चाहेर मेरो पसलमा आउँछ उ सँग मात्रै भेट हुने भयो । तर यस पेशामा आवद्ध भयो भने सबैसँग सम्बन्ध बढ्छ ।”

बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि प्रभाले रामग्राम नगरपालिकाका निवासि विष्णु कुमार आलेको बीमा गराएकि थिईन । जो उनका आफ्न्त थिए । बोहनि गर्नु पर्यो कस्तो हुँदो रहेछ भनेर उनले बीमाको प्रस्ताव गरकि थिईन ।

पहिलो बीमा गराउँदा गाह्रो महशुस नगरेकि प्रभा भन्छिन्, अझै पनि आममानिसहरुले बीमालाई हेर्ने दृष्टिकोणमा फरक आएको देखिदैन् ।

शुरुमा त यो पेशामा टिक्न सक्दिन झै लागेको थियो प्रभालाई । परिवेश, बोल्न सक्ने खुबि अनि क्षमताले गर्दा होला म गर्र्न सक्छु भन्ने साहास भने पछि आएको प्रभाले बताईन् ।

आफुले अभिकर्ता पेशाको लाइसेन्स लिएको छोटो समय मै राम्रो आम्दानी गर्न सकेको प्रभा बताँउछिन् । “एउटी महिलाले छोटो समयमै राम्रो आम्दानी गर्दा केही गर्न सकिने रहेछ भन्ने भावना ज्ञवालीको मनमा पलाएको थियो । ”

प्रभा अभिकर्ता पेशालाई स्वतन्त्र पेशाका रुपमा लिन्छिन् । कसैको बन्देजमा छैन्, म आफ्नै परिवेशमा छु, स्वतन्त्र छु प्रभाले भनिन् ।

प्रभा भन्छिन्, “समयले बाँधेको छैन्, जगिरकै कारणले आफ्न्त, परिवार अनि साथिभाईहरु देखि टाढा हुनु परेको छैन्, आफन्तहरु कहाँ हुने हरेक क्रियाकलापमा मलाई सहभागी हुन मेरो अफिसको कामको कारणले रोक्दैन् , किनकि बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशा हो । ”

कहिले पनि म यो पेशामा किन लागे भनेर पश्चताप महशुस गर्नु परेन प्रभाले बताईन् ।

“अभिकर्ताले बोलि बेच्ने हो, बीमा अवधिभरिको लागि कागज बेच्ने हो उनले भनिन् ।”

सबै पेशाका आ—आफ्नै राम्रा अनि नराम्रा पक्षहरु रहेका हुन्छन्, राप र ताप नसहेको जीन्दगी के जीन्दगी प्रभाले भनिन् । काम गर्न सजिलो छ, मान्छेहरुलाई, बोलेकै भरमा कन्भिन्स गरेर आम्दानी गर्न सकिन्छ, “अभिकर्ताले बोलि बेच्ने हो, बीमा अवधिभरिको लागि कागज बेच्ने हो उनले भनिन् ।”

प्रभा भन्छिन्, लगनशिल भएर काम गर्न सक्यो भने यो पेशा राम्रो छ, “दिन रात खट्नु पर्ने भन्ने हुँदैन, चिनजानको भरमा काम गर्न सकिन्छ ।” बीमा अभिकर्ता पेशा सामाजिक सेवा हो उननले भनिन् ।

“मान्छेहरुको नराम्रो बानीहरु जस्तै पान, खैनी, चुरोट खानेमा खर्च हुने पैसा मात्रै जम्मा गर्न सक्यो भने पनि ठुलो बीमाकंको नभए पनि सानो बीमांक रकम कै भए पनि बीमा हुन्छ । जस्ले गर्दा उसको परिवारमा पर्न गएको आर्थिक जोखिमसँग सामाना गर्न सहयोग गर्दछ । ”

“मानवीय जीवनमा जेखिम अनिश्चित हुन्छ, जति बेला पनि जोखिम पर्न सक्छ । कुनै परिवारमा आम्दानी गर्ने सदस्यको केही गरि दुर्घटना भएमा उसको परिवारमा आर्थिक संकट पर्न जान्छ । मृत्यु हुने बित्तिकै परिवार धानेको मान्छे नै नभए पछि परिवारमा आर्थिक संकट आईपर्छ, त्यस्तो बेलामा इन्स्योरेन्स कम्पनीले परेको आर्थिक संकटलाई केहि हद सम्म सामना गर्न सँघाउ पुर्याउँदछ ।”उनले भनिने ।

प्रभा भन्छिन्, “मान्छेहरुको नराम्रो बानीहरु जस्तै पान, खैनी, चुरोट खानेमा खर्च हुने पैसा मात्रै जम्मा गर्न सक्यो भने पनि ठुलो बीमाकंको नभए पनि सानो बीमांक रकम कै भए पनि बीमा हुन्छ । जस्ले गर्दा उसको परिवारमा पर्न गएको आर्थिक जोखिमसँग सामाना गर्न सहयोग गर्दछ । ”

बैंकास्योरेन्स अभिकर्ताका लागि चुनौतिको विषय
नियममा नै नभएको बैंकास्योरेन्स बीमा अभिकर्ताहको लागि चुनौतिको विषय बनेको छ । प्रभा भन्छिन्, बैंकास्योरेन्सले अभिकर्ताहरुलाई प्रत्यक्ष रुपमा असर पारेको छ ।

खातावालाहरुलाई बैकले फोन गर्दै बीमाको प्रस्ताव राख्ने गर्ने गरेको पाईन्छ । यसको असर सोझै हामी अभिकर्ताहरुमा परेको छ । बैंकास्योरेन्सले अभिकर्ता पेशालाई एकदमै असर गरिरहेको छ । प्रभा भन्छिन्, बैंकले बैंककै काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।

विगत लामो समयदेखि अभिकर्ता पेशामा आवद्ध रहँदै आएकि प्रभाको नाम आज अभिकर्ता पेशामा प्रख्यात छ । यो लामो समयमा प्रभाले विभिन्न खालका समस्या पनि सामना गर्नु परेको थियो । आईपरेका ती अनेकन समस्यासँग सामना नगरेकि भए सायद प्रभा आज यो अवश्था आईपुग्ने थिईनन् होला ।

मैले तपाईबाटै बीमा गरेपछि तपाईले मलाई के दिनु हुन्छ भन्ने ग्राहक पनि नभेटेकि भने होईनन् । तर प्रभा आफु सामुन्ने आई परेका हरेक चुनौतीसँग सामना गर्दै अघि बढिरहिन् ।

तर मैले कहिल्लै हरेश खाईन उनले भनिन् । बीमा अभिकर्ता इन्स्योरेन्स कम्पनीहरुको मेरुदण्ड हो, पिलर हो, ज्ञवाली  भन्छिन्, “बीमा व्यवसायमा लागेका सक्षम जागरुक अभिकर्ता नभईदिने हो भने बीमा कम्पनीहरु चल्दैनन् । बीमा अभिकर्ताहरुद्धारा नै बीमा कम्पनीहरु चलेका हुन्छन् ।”

आज पनि मानिसहरु आफ्नो भ्यालु हेरेर बीमा गर्दैनन्, एजेन्ट आयो एकदमै कर गर्यो, हैरान गरायो त्यहि भएर मैले त बीमा गरिदिए भन्ने खालको स्थिति बीमा बजारमा रहेको छ । प्रभाले बताईन ।

सबै तह र तप्काका मानिसहरुलाई बीमाको दायरामा ल्यााउनका लागि सरकारले नै पहल गर्नु पर्ने उनी बताउँछिन् । प्रभा भन्छिन्, “सरकारी तवरले नै विधालय स्तरमा बीमा सम्बन्धि पाठ्यपुस्तक कायम गर्नु, बीमा सम्बन्धि नयाँ नीतिहरु सरकारले नै ल्याईदिने हो भने बीमाको पहुँच बढ्छ ।” सरकारले ल्याएको स्वास्थय बीमा कार्यक्रम जस्तै जीवन बीमा जस्ता कार्यक्रम पनि अनिवार्य गर्नु पर्ने नीति, नियम बनाईदिने हो भने सबै मानिसहरुलाई बीमाको पहुँचमा समावेश गर्न सकिन्छ ।

मैले शुरु गर्दा ३ प्रतिशत जनसंख्या मात्र बीमाको पहुँचमा थिए आज भने त्यो जनसंख्या बढेको छ । तैपनी सरकारले नैै यस्ता खालका कार्यक्रमहरु सञ्चालन गरे अझै राम्रो हुन्थ्यो होला । प्रभाले भनिन् ।

अभिकर्ता नै बीमा व्यवसायका खम्बा हुन्, उनीहरुकै योगदानले बीमा व्यवसाय अढिएको हुन्छ । बजारमा बढी भन्दा बढी एजेन्ट उत्पादन गर्नु, उत्पादित अभिकर्ताहरुलाई मोटिभेश्नल ट्रेनिङ दिनु, उनीहरुलाई बीमाको ज्ञान बढी भन्दा बढी दिनु जस्ता कार्यहरु बीमा समितिले गरिदिने हो भने बीमाको दायरामा सबै मानिसहरु समेटिनेछन् ।
कम्पनीहरुका शाखाहरु शहर केन्द्रित मात्र नभई बिकट पहाडी क्षेत्रमा पनि पुग्नु पर्छ उनले भनिन् ।

बीमा प्रस्ताव गर्नुपूर्व बीमा गर्ने व्यक्तिको बारेमा सबै कुरा बुझ्छु , उ कत्तिको व्यवहारिक छ, आफ्नो प्रीमियम तिर्न सक्छ कि सक्दैन्, उसको पारिवारिक अवश्थका बारेमा जनकार हुन्छु । त्यसपछि उसको आम्दानीको बारेमा बुझ्छु र बीमाको प्रस्ताव राख्छु प्रभाले भनिन् ।

प्रभा भन्छिन्, “बीमा सुरक्षा एवंम बचत हो ।” अभिकर्ताहरुमा नैतिकता, धर्यता र निष्ठावान जस्ता गुणहरु हुनु पर्दछ । मान्छेहरुले बीमा कम्पनीलाई भन्दा पनि अभिकर्ताहरुलाई बढी विश्वास गर्छन्, त्यसैले लगनशिल, धैर्यता भई काम गर्न सक्ने खुबी, लचिलोपना, सरलपना जस्ता गुणहरु एक बीमा अभिकर्तामा हुनु पर्छ । बोल्न सक्ने सक्ने क्षमता एक अभिकर्तामा हुनु पर्छ ।

सबै भन्दा ठुलो कुरा त अभिकर्ता इमान्दार हुनु पर्छ । बीमितहरुले आफ्नो भविष्यको काम गर्न नसक्ने अवश्थाका लागि भनेर जम्मा गरेको पैसा लिएर हिनामिना गरिदिनु भएन । उनीहरुबाट संकलन गरेको रकम समयमै कम्पनीमा बुझाईदिनु पर्यो । प्रभा भन्छिन्, “उसको घरमा दाबी परिहाल्यो भने पनि हिजो मैले उसको बीमा गर्दा ले उ मार्फत पैसा कमाएको थिए भन्ने सोचेर साथ दिनु पर्छ, बीमीतलाई लोन चाँहिएको खण्डमा सहँज वातावरण सृजना गरि दिनु पर्छ ।”

इन्स्योरेन्स कम्पनीको एजेन्ट हु भन्नु नराम्रो होईन, यो पेशा पनि त गरि खाने पेशा हो नि, प्रभा भन्छिन्, आफु के पेशामा आवद्ध छु भन्न चाहाँदनैनन्, अभिकर्ताहरुले बताउँन सक्नु पर्छ आफु कुन पेशामा आवद्ध छु ।

प्रभा ज्ञवालीका बुवा सरकारी जागिरे थिए । बुवा सँगसँगै हिड्ने क्रममा नवलपरासिको सदरमुका परासिमा उनी रहँन पुगिगन् । प्रभाका श्रीमान व्यवसायी हुन् ।

इन्स्योरेन्स गर्दा आफ्नो मान्छे एजेन्ट भईहाल्यो भन्ने हिसाबले हैन् कि उसले इन्स्योरेन्स सेक्टरमा कत्तिको काम गरेको छ, इन्स्योरेन्स कम्पनीमा उसको प्रोफाइल कस्तो रहेको छ हेरेर बीमा गर्नु पर्ने कुरामा जोड दिन्छिन् । “तपाईको प्रीमियम डुब्दैन् । ” प्रभाले भनिन । बीमा गराईसकेपछि बीचमा फलो नगर्ने, बीचमै काम गर्न नसकेर पेशै छोडेर हिड्ने एजेन्टहरु चिनेर बीमा गर्नु पर्छ, प्रभा भन्छिन्, “तपाई आफु पनि बीमा गराईसकेपछि आफ्नो बीमा प्रति सचेत रहनुस् ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS