IME Life New

रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनस दर, न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायनस लाइफ इन्स्योरेन्सले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको छ ।

कम्पनीले प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार १० गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनश दर घोषणा गरेको हो ।

Esewa
Crest

कम्पनीले ९ वर्षको रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावाधिक) ३५, १० देखि १४ वर्षसम्मका लागि ३५, १५ देखि १९ वर्षे बीमा योजनाका लागि ४० र २० देखि २४ भन्दा माथिको बीमा योजनाका लागि ५० रुपैयाँ बोनस दिने भएको छ । यस्तै, २५ वा सो भन्दा माथि ७० रुपैयाँ बोनस दिने भएको छ ।

रिलायन्स सुखमय जीवन बीमा योजना (आजिवन ) ९ वर्ष सम्मका लागि ३५, १० देखि १९ सम्मका लागि ३५ रुपैयाँ बोनस दिने भएको छ । त्यसैगरी, कम्पनीले १५ देखि १९ वर्षसम्म ४० रुपैयाँ र २५ वा सो भन्दा माथि ७० रुपैयाँ दिने भएके छ ।
इन्स्योरेन्स कम्पनीले २५ वर्ष वा सोभन्दा माथि सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ७० रुपैयाँ बोनश दर दिने भएको छ ।

यसैगरी, कम्पनीले धन फिर्ता बीमा योजनामा १५ देखि १९ वर्षसम्म ४० रुपैयाँ र २० देखि २४ वर्ष सम्मका लागि ५० रुपैयाँ बोन दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS