IME Life New

ज्योति लाईफ इन्स्योरेन्सका जनकपुरस्थित ग्राहकहरुलाई समर अस्पतालमा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं २, जनकपुर स्थित समर अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।

Esewa
Crest

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता पश्चात जनकपुर लगायत आसपासका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु यस सेवा मार्फत लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS