IME Life New

कुरियर प्रयोग भई लागु औषध कारोबार नियन्त्रण प्रशिक्षण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वाणिज्यलाई स्वस्फुर्त रूपमा सञ्चालन हुन सहयोग कुरियर व्यवसायीले प्रत्यक्ष सहयोग पुराउदै आएका छन् । तर त्यही कुरियर मार्फत लागु औषध ओसार पसार नियणत्रण अन्तर्रा्ष्ट्रिय दिवसको उपलक्ष्यमा एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यो दिवस नेपालमा सप्ताह व्यापी रूपमा मनाइने गरिन्छ । कुरियर व्यवसायीहरूका छाता सगंठन नेपाल कुरियर सेवा सघ “कोसान” र लागु औषध नियणत्रण ब्युरोको संयुक्त आयोजनामा त्यस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि लागु औषध नियणत्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाका अनुसार कुरियर मार्फत निर्यात हुने विभिन्न सामान मध्ये माटोमा भाँडामा लुकाई छिपाई हाल सम्म उच्च परिमाणको ६६९ के।जी चरेस भेटिएको जानकारी दिएका थिए । लागु औषध तस्करीहरू कुरियर व्यवसायीहरूलाई झुक्क्याई हेरोइन, कोकेन र गाँजा जस्ता युवा पुस्ताको जीवन तहस तहसनहस गर्ने पदार्थ ओसार पसार नियणत्रणमा सबै व्यवसायी सजग रहनु पर्ने उनको जिकिर थियो । लागु औषध नियणत्रण ब्युरो यस प्रकारका अनैतिक कार्य रोक्न सधैँ सचेत रहेको छ।

Esewa
Crest

त्रिभुवन विमानस्थलमा आयात/निर्यातका माल वस्तु मार्फत यस्ता पदार्थको कारोबार रोक्न विशेष एक्स–रे मेसिन प्रयोगमा ल्याइएको जानकारी दिएका छन् । यसले समेत यस तर्फका व्यवसायी प्रयोग भई लागु औषध ओसार पसार धेरै हद सम्म नियणत्रण हुन सहयोग पुगेको छ ।  यस प्रकारका तालिम सञ्चालनबाट कुरियर व्यवसायी र तिनका कर्मचारीमा समेत सचेतना वढदै गएको आफ्नो धारण राखेका थिए । तर भविष्यमा यस प्रकारका घटनाका अनुसन्धानको क्रममा व्यवसायी र तिनका कर्मचारीको प्रत्यक्ष संलग्नता नदेखिए सम्म शकांको भरमा कानुनी कारबाही नगरिने उनले प्रतिबद्धता जनाएका छन्।

साथै व्यवसायीले विगतमा यस प्रकारका कारोबार रोक्न ब्युरोलाई पु¥याएको सहयोग प्रति आभार व्यक्त गरेका थिए ।
कोसानका अध्यक्ष गोविन्द ढुङगेलका अनुसार लागु औषध कारोबार नियणत्रणमा व्यवसायी र ब्युरो बिच सूचना आदान प्रदानका पारस्परिक सहयोग चली आएको अवगत गराउँदै वार्षिक एक पटक मात्र आयोजना गरिने प्रशिक्षण कार्यक्रम प्रत्येक महिना सञ्चालन हुनु पर्ने आवश्यकता प्रति सबैके ध्यानाकर्षण गराएका थिए।

यस तर्फका व्यवसायीले शंखासपद लागेका सामान भेटिए तुरुन्तै ब्युरोलाई नडराई सूचना दिएमा अवैध कारोबार नियणत्रणमा सहयोग पुग्ने उनले बताए । त्यस्तै सघंका वरिष्ठ उपाध्यक्ष अनिल राज भण्डारीले निर्यात हुने सामानमा लागु औषध भेटिए अनुसनधान बिना कम्पनीमा कर्मचारीले अनाहकमा दुख पाएको गुनासो व्यक्त गरेका थिए।

उक्त प्रशिक्षण कार्यक्रम सघंका पूर्व अध्यक्ष तथा कुरियर विज्ञ नरेन्द« खतिवडाले नेपाली निर्यात व्यापालाई बदनाम गराउँदै लागु औषध कारोबारी प्रति सचेत रहन सबैलाई आग्रह गर्दे यदि पटके ग्राहक अस्वाभाविक तौल भएको सामान निर्यात गर्न खोजिए ब्युरोमा खबर गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS