IME Life New

भरतपुरमा देवः विकास बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गूले गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

कार्यक्रममा बोल्दै, बज्र गरुङ्गले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा त्यस क्षेत्रमा रहेका बैंकका पुर्व संचालकहरु, बैंकका संस्थापक समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको रहेको थियो ।

बैकले देशको सातै प्रदेशको ५९ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS