Connect IPS
IME Life

एसियन लाइफको लिलामी शेयर भर्ने आइतबार अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

एसियन लाइफ इन्स्योरेन्स कम्पनीकोे असार १ गतेदेखि लिलामीमा आएको २ लाख २१ हजार ३५९.७३ कित्ता लिलामी शेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापकतर्फको २ हजार ४ सय २० दशमलव ७० कित्ता र सर्वसाधारणतर्फको २ लाख १८ हजार ९ सय ३९ दशमलव शून्य ३ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

इनस्योरेन्सले चैत २५ देखि वैशाख २९ गतेसम्म ६० प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलामी गर्न लागेको हो । बजारमा ३८८ रुपैयाँ शेयर मूल्य कायम रहेको कम्पनीको बोलकबोल गर्दा शेयरको न्यूनतम मूल्य प्रतिशेयर सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गर्नुपर्नेछ ।

Prabhu
Crest

स्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लिलामी भर्न सकिनेछ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामीमा आवेदन दिन पाउने व्यवस्था रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट पनि बोलपत्र फारम भर्न पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS