IME Life New

यूनियन लाईफद्धारा मृतकको परिवारलाई बीमा वापत १४ लाख रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले बैदेशिक रोजगारीको शिलसिलामा मलेशियाको एक कम्पनीमा काम गर्दै आएका बुलिङटार ५, नवलपुर निवासी खेम बहादुर मल्ल ठकुरीका कान्छा छोरा स्व. थलख बहादुर मल्ल ठकुरीको मृत्यु भएकाले सो बापत मृत्युदावी रकम भुक्तानी गरेको हो ।

सो बापत मृत्युदावी रकम शाखा प्रवन्धक शिव कुमालले स्व. थलख बहादुर मल्ल ठकुरीको बुबा खेम बहादुर मल्ल ठकुरी हस्तान्तरण गरेका हुन् । मृत्युदावी बापत यूनियन लाईफ बीमा कम्पनीद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएको बीमा वापत १४ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

Esewa
Crest

कम्पनीको अनुसार बीमितलाई बीमांक दावी रकम १० लाख, क्रिया खर्च वापत १ लाख, शव ल्याउँदाको खर्च वापत १ लाख र आय नोक्सानी वापत रकम २ लाख गरी जम्मा १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS