IME Life New

मेगा बैंकले शुरु गर्यो क्यूआर कोड, किराना व्यवसायीहरुलाई आकर्षक अफर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि उक्त अफर ल्याएको हो ।

यस योजना अन्तर्गत किराना पसल व्यवसायीले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रति महिना ग्राहकबाट कम्तीमा १ सय वटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोड मार्फत गरेमा त्यसबापत ५ हजार रुपैँया पाउनेछन् ।

Crest

यसैगरी, महिनामा १ सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ । नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै बैंकले सो योजना ल्याएको हो ।

बैंकको यस योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS