Connect IPS
IME Life

७ सय २५ स्थानीय तहमा पुगे वाणिज्य बैंकको शाखा, पुग्न बाँकी स्थानीय तह कुन कुन?

SPIL
NIC ASIA new
Sanima Reliance

७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २५ स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने अझै पनि २८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको वैशाख मसान्त सम्मको तथ्यांक अनुसार ७ सय २५ स्थनीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको उल्लेख छ । प्रदेश ५ को सबै १ सय ९ वटै तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सबै स्थानीय तहमा बैंक शाखा पुग्ने पहिलो प्रदेश पनि बन्न सफल भएको छ ।

प्रदेश न १ मा १ सय ३७ स्थानीय तहमध्ये १ सय ३४ स्थानीय तहमा मात्र शाखा पुगेको छ जहाँ अझै ३ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन् । प्रदेश नं २ मा १ सय ३६ स्थानीय तहमध्ये १ सय ३४ वटा स्थानीय तहमा मात्रै बैंकको शाखा पुगेको छ जहाँ अझै २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । त्यस्तै प्रदेश नं ३ मा १ सय १९ वटा स्थानीय तहमध्ये १ सय १७ वटा स्थानीय तहमा मात्र बैंकको शाखा पुगेको छ । जहाँ २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ ।

Prabhu
Crest

त्यसैगरी गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ वटा स्थानीय तहामा मात्रै बैंकको शाखा पुगेको छ भने २ वटा स्थानीय तहमा अझै बैंकको शाखा पुगेको छैन् । कर्णाली प्रदेशको ७९ वटा स्थानीय तहमध्ये १२ वटा तहमा बैंक शाखा पुग्न बाँकी रहेको छ । सूदर पश्चिममा ८८ वटा स्थानीय तहमध्ये ८१ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने ७ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।

वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको संख्या २८, विकास बैंक ३२, फाइनान्स कम्पनी २४, लघुवित्त वित्तीय संस्था ९१ र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा असार मसान्तसम्ममा ६ हजार ६ सय ५१ रहेकोमा वैशाख मसान्तसम्ममा आइपुग्दा बैंक तथा वित्तयि संस्थाहरुको शाखा संख्या बढेर ८ हजार ३ सय १९ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS