Connect IPS
IME Life

देवः विकास बैंकको ५.५ % बोनश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

देवः विकास बैंकको ५ दशमलव ५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार आज (असार ५ गते) अन्तिम दिन हो । बैंकले ५ दशमलव ५ प्रतिशत बोनस शेयरका लागि शुक्रबार (असार ६ गते ) देखि असार १२ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, असार ५ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र बोनस सुरक्षित गर्न सक्नेछन् । बैंकले बोनस शेयर सहितका अन्य प्रस्ताव पारित गर्न असार १२ गते साधारण सभा बोलाएको छ । उक्त सभा नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

सभामा बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने एजेन्डा पनि राखिएको छ । देवः विकास बैंकले १ः१ सेयर स्वाप रेसियोमा वेष्टर्नलाई एक्वायर गर्न लागेको हो । बैंकले एक्विजिसन प्रक्रियामा नियामक निकायले दिएको निर्देशन बमोजिम काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लैजानेछ ।

Prabhu
Crest

यता, वेष्टर्नले पनि असार १२ गते नै वार्षिक साधारण सभा गर्दैछ । सभाबाट एक्विजिसन सम्बन्धी प्रस्ताव र १ः१ सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS