IME Life New

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सिरहाको जिरोमाइलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरे । शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको छ ।

Esewa
Crest

शाखारहित बैंकिङ सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS