IME Life New

विएफआइएन र सीपिएससीबीच नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धि सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (BFIN)र कोलम्बो प्लान स्टाफ कलेज (CPSC) बिच सोमबार आज सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यी दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा पत्रमा विएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सीपिएससीको तर्फबाट महासचिव रामहरि लामिछानले सयुक्त रुपमा हस्ताक्षर गरे ।

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र कोलम्बो प्लान स्टाफ कलेजको संयुक्त आयोजनामा यहि जून १७ बाट २१ सम्म फिलिपिन्सको मनिलामा संचालन हुन लागेको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने Executive Leadership Development Programको उद्घान समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Crest

यस सम्झौता पश्चात सीपिएससीका सदस्य राष्ट्रहरु लगायत एशिया प्यासिफिक राष्ट्रहरुमा समेत शैक्षिक कार्यक्रमहरुको आयोजना गर्न सकिने हुदाँ अनुभव तथा ज्ञान आर्जनमा महत्वपूर्ण भुमिका रहने छ ।

उक्त समझदारी पत्रमा दुई संस्थाबिचको समन्वयमा बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा मान्यता प्राप्त शिक्षण संस्थासँग आबद्ध भई ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने, सीपिएससीले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरुलाई इन्र्टनशिपमा पठाउन सकिने लगायतका बिषयबस्तुहरु समाबेश गरिएका छन् ।

विएफआइएनको तर्फबाट प्रबन्धनिर्देशक डा. आत्रेयले उक्त समझदारीले नेपालको मानव संसाधन विकासको क्षेत्रमा उल्लेखनिय योगदान पुग्ने बिश्वास रहेको बताए ।

विएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु,विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजीबजारसँग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्त लगानीमा स्थापना भएको संस्था हो । यस संस्थाले स्थापना भएको छोटो समयमै ५० वटा राष्ट्रिय तथा७ वटा अन्र्तराष्ट्रिय स्तरमा तालीम र २ वटा गोष्ठी सम्पन्न गरिसकेको छ ।

सीपिएससी कोलम्बो प्लान अन्र्तगत सन् १९७३ बाट एशिया प्यासिफिक राष्ट्रहरुको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्दे आइरहेको संस्था हो । यस संस्थाले बिभिन्न बिषयहरुमा तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, बिकास बैंक तथा लघुबित्त संस्थाका २५ जना संचालकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS